प्रहरी अधिकृतलाई व्यवसायिकता देखिने गरी काम गर्न महानिरीक्षकको निर्देशन

IG

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच आईजीपी क्षेत्रीले नेपाल प्रहरी कार्ययोजना-२०७७ को ‘इम्प्लिमेनटेसन ट्र्याकिङ सफ्टवेयर’ समेत सोही अवसरमा शुभारम्भ गरे ।

आईजीपी क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुर्‍याउने विचार व्यक्त गरे ।

उनले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए । सबैको साझा शत्रुको रुपमा कोभिड-१९ लाई लिई यसको नियन्त्रणमा लाग्नु पर्नेमा आईजीपी क्षेत्रीले जोड दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु र प्रदेश प्रहरी प्रमुखहरुको भर्चुअल्ली उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित