अन्ततः असोज ५ देखि चल्ने भए लामो दूरीका सवारीसाधन र हवाइ उडान

lognroot

 

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको स्रोतले जनाएको छ । तर, सीमा नाकाहरू भने तत्काल खुलाउने सम्बन्धमा कुनै निर्णय भएको छैन ।

मन्त्रीपरिषद्को निर्णयसँगै विगत १ सय ८२ दिनदेखि बन्द रहेको लामो दूरीका सवारी साधन चल्ने भएको हो ।

यसअघि कोरोना संक्रमणको जोखिम देखिएसँगै चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि हवाई उडान र चैत १० गतेदेखि नै लामो दूरीका सवारी साधनहरु चलेका थिएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित