देशभर थप १४५९ संक्रमित, संक्रमित संख्या ५६७८८ पुग्यो

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४५९ जना संक्रमित थपिएका छन् । मंगलबार थपिएको संख्यासँगै हालसम्म नेपालमा ५६ हजार ७ सय ८८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १५७७९ रहेको छ । पछिल्लो २४ घन्टामा देशभर १० हजार ३ सय ७५ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । हालसम्म देशभर ८ लाख ६१ हजार ७८० जनाको परिक्षण गरिएकाे छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा नेपालमा १०६२ जना निकाे भएसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित