हवाई उडान र सार्वजनिक सवारीसाधन असोज १ देखि नै खोल्ने सरकारको निर्णय

mantri (1)

काठमाडौं । सरकारले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले हवाई उडान सञ्चालनका लागि संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिने व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णयबाट पारित भएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पीसीआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पीसीआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्राका खुला गर्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित