विश्वकर्मा पूजाको मूर्ति विर्सजनबारे भड्किएको विवादका कारण सर्लाहीमा कर्फ्यु

sarlahi

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

विश्वकर्माको मूर्ति विसर्जनको विषयलाई लिएर मुस्लिम समुदाय र हिन्दु समुदायबीचको विवाद झडपमा परिणत भएपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले शनिबार दिउँसो २ बजेबाट कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।

बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका १२ जनाभन्दा बढी घाइते भएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित