उपत्यकामा पछिल्लो २४ घन्टामा थप ७६७ नयाँ संक्रमित, ६ जनाको मृत्यु

Corona_Test

काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा ७ सय ६७ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो देशभरमा १३२५ नयाँ संक्रमित थपिएकोमा उपत्यकामा मात्र ७६७ जना संक्रमित देखिएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६ महिला र ४ पुरुष सहित १० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ज्यान गुमाउने १० जनामध्ये ६ जना काठमाडौं उपत्यकाकै रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित