संविधान दिवसको अवसरमा शुभ बिहानी नेपालद्धारा दिप प्रज्वलन

Sambidhan Diwas
उदयपुर ।
हजारौँको बलिदानपछि सशस्त्र संघर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो ।
विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहा िसक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो । यसपालिको संविधान दिवस भने सुनसान रह्यो ।

कोरोना भाइरसको माहामारिका बिच पनि बेलका नगरपालिका वडा नं ३ मा रहेको शुभ बिहानी नेपालले शनिवार दिप प्रज्वलन गरि संविधान दिवस कार्यक्रम सम्पन्न गरेको छ। त्रिबेणि चोकमा आयोजित कार्यक्रममा नेपालको नक्सामा मैनबत्ती बालेर हर्ष उल्लासमा दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रतिनिधि स्थानिय बासिन्दाको बाक्लो उपस्तिथि रहेको थियो ।

२०७३ सालमा स्थापना भएको संस्था सामाजिक कार्यमा निकै अगाडी रहेको छ। समाजमा बिपत्ती पर्दा वा विभिन्न सामाजिक कार्यमा निकै अगाडि रहेको यो संस्थाले यश अघि सरसफाइ रक्तदान कार्यक्रम ,देउसी भैलो कार्यक्रम लगायतका काममा सकृयता पुर्वक सामाजिक कार्यमा तल्लिन रहेको संस्थाका अध्यक्ष छत्रमणी सेढाइले बताए ।

कोरोना माहामारिका बेला प्रत्येक सदस्यका घरमा पुगेर जनचेतना जगाउदै मास्क लगायतका समान बितरण गरेको संस्थाका सचिब अमर शिवाकोटीले ले जानकारी दिए ।।

प्रतिक्रिया

सम्बन्धित