विपत्तिमा विश्वमहारथीः अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख नाघ्यो, २ लाख ४ हजारबढीको मृत्यु

us_1

 

काठमाडौं । अमेरिकामा विश्वभर फैलिएको कोरोना महामारीका कारण संक्रमित हुनेको ७० लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा ३३ हजार ३ सय ४४ नयाँ संक्रमित थपिएसँगै अमेरिकामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७० लाख ४ हजार ७ सय ६८ जना पुगेका छन् । त्यस्तै कोरोनाका कारण हालसम्म अमेरिकामा २ लाख ४ हजार १ सय १८ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वभर फैलिएको कोरोना भाईरसका कारण संक्रमित हुनेको संख्या ३ करोड १२ लाख २३ हजार ६ सय ५० पुगेका छन् ।

त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ६४ हजार ७ सय ६२ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र २ लाख ४३ हजार १९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक हुनेको सूचीमा अमेरिका शीर्षस्थानमा रहेको छ ।

त्यस्तै संक्रमितको सूचीमा नेपालको छिमेकी भारत दोस्रो स्थानमा रहेको छ ।

भारतमा हालसम्म ५४ लाख ८५ हजार ६ सय १२ संक्रमित पुगेका छन् भने ८७ हजार ९ सय ९ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित