नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै जनाको मृत्यु, मृतक संख्या ४२७ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकैदिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ पुरुष र ३ महिलासहित १६ जनाको मृत्यु भएको छ ।

नेपालमा पछिल्ला दिनमा संक्रमित सँगै मृतकको संख्या बढ्दै गएको अवस्था छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा झापामा १ जना पुरुष, सुनसरीमा १ पुरुष, पर्सामा १ पुरुष, भक्तपुरमा २ पुरुष, काठमाडौंमा २ पुरुष, मकवानपुरमा १ महिला र १ पुरुष, ललितपुरमा १ महिला र १ पुरुष, चितवनमा १ पुरुष, दोलखामा १ महिला, रुपन्देहीमा १ पुरुष र बाँकेमा २ पुरुष गरी १६ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित