भारतमा ५५ लाख ६० हजारभन्दा बढी संक्रमित, ८८ हजार बढीको मृत्यु

ind

 

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतमा संक्रमितको संख्या ५५ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ७४ हजार ४ सय ९३ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म भारतमा ५५ लाख ६० हजार १ सय ५ जना संक्रमित पुगेका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा १ हजार ५६ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ९ सय ६५ जना पुगेको छ ।

विश्वमा पछिल्लो २४ घन्टामा २ लाख २६ हजार ८ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार २८ जना मृतक थपिएका छन् ।

यससँगै विश्वभर हालसम्म ३ करोड १४ लाख ७२ हजार २ सय ५ जना संक्रमित पुगेका छन् भने ९ लाख ६८ हजार ९ सय १३ जनाको मृत्यु भइसकेको छ । विश्वभर हालसम्म २ करोड ३० लाख ९७ हजार २ सय ७९ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित