स्वास्थ्य मन्त्री होम क्वारेन्टाइनमा, आज पीसीआर परिक्षण गरिने

bhanu

 

काठमाडौं । आफ्नो परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा बसेका छन्।

उनको परिवारका एक सदस्यलाई कोरोना पुष्टी भएपछि उनी दोस्रो पटक क्वारेन्टाइन बसिरहेको जनाइएको छ ।

मन्त्री ढकालको मंगलबार स्वाब संकलन गरि पीसीआर परिक्षण गरिने स्रोतले जनाएको छ ।

मन्त्री क्वाटरकै क्वारेन्टाइनमा बसिरहेका मन्त्री ढकालले मन्त्रालयको नियमित काम र आवश्यक निर्देशन दिइ काम गरिरहेको जनाइएको छ ।

यस अगाडि गत जेठमा मन्त्री ढकाल एक अस्पतालमा उपचाररत बिरामीलाई भेट्न गएका बेला ती बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि केहि दिन होम क्वारेन्टाइनमा बसेका थिए।

प्रतिक्रिया

सम्बन्धित