गगन थापाबिरुद्द घेराउ र नारावाजी, एक पैसाको औषधी गगनको मिलेमतोमा ८ रुपैयामा बिक्री !

काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले  सीमित निजी औषधि व्यवसायीहरूको दवावमा ३४ प्रकारका औषधि आयातमा अबरोध गरेपछि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरूले औषधि व्यवस्था विभागमा पुगेर नारावाजी र घेराउ गरेका छन् ।

 बबरमहलस्थित औषधि व्यवस्था विभागको कार्यालयमा बिहान ११ बजे जम्मा भएका सयौँ औषधि व्यवसायीहरूले सरकारले सर्वसाधारणको स्वास्थ्यमा खेलावड गर्ने गरी ३४ प्रकारका औषधिमा रोक लगाएको भन्दै दुई घण्टा नारावाजी र घेराउ गरे ।

 उनीहरूले कामचलाउ सरकारका स्वास्थ्यमन्त्री गगन थापाका साथै औषधि व्यवस्था विभागका महानिर्देशक र सरोकारवालाहरूविरुद्ध समेत नारावाजी गरेको नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले जानकारी दिए । स्वास्थ्यमन्त्री नै जनताका हितविपरितका निर्णयमा संलग्न भएपछि विरोधमा व्यवसायीहरू उत्रिएपछि गगन थापालाई संकट पर्ने पर्ने भएको छ । नेपाल सरकार डब्लुटिओको सदस्य राष्ट्र भएर सस्तो र गुणस्तरीय औषधि रोक लगाउने निर्णय गरेकोमा व्यवसायीहरू रुष्ट छन् ।

 उनीहरूले सरकारले मनमोहन र गंगालाल अस्पतालमा एक पैसामा प्रतिट्याब्लेट खरिद गरेर ५ देखि ८ रुपियाँसम्म बिक्री गर्ने गरेको आरोप लगाए । व्यवसायीहरूले मन्त्री थापाले औषधि व्यवसायीहरूको मानमर्दन गरेकोमा असन्तुष्टि जनाउँदै दोषी पाइए कारबाहीको भागदार हुन तयार रहेको बताए । त्यसैगरी व्यवसायीहरूले औषधि आयातमा २० अर्ब रुपियाँ लगानी भएको भन्दै त्यसको सुरक्षा कसले गर्ने भनेर प्रश्न गरेका छन् । स्वास्थ्यमन्त्री थापाको निर्णयविरुद्ध नेपाल औषधि आयातकर्ता संघ, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रबन्धक संघ, नेपाल खाद्य आयुर्वेदिक न्युट्रस्युटिकल तथा कस्म्यास्युटिकल समाज, नेपाल भेटनगरी औषधि आयातकर्ता संघ र नेपाल पशुपंछी औषधि व्यवसायी संघले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित