देशभर थप १४९७ कोरोना संक्रमित, कोरोना मुक्त हुने संख्या ५० हजार नाघ्यो

Corona_Update

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४९७ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । पछिल्लो २४ घन्टामा देशभर ११ हजार ४ सय ४९ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । हालसम्म देशभर जम्मा ९ लाख ५५ हजार ९२३ को पीसीआर गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४५७ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित