काठमाडाैंमा ५०३ सहित उपत्यकामा ६४५ संक्रमित थपिए

Corona_Test

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ६४५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार काठमाडौं जिल्लामा ५०१ भक्तपुरमा ५१ र ललितपुरमा ९१ जना नयाँ संक्रमित थपिएका हुन् ।

उक्त संख्या देशभर थपिएका नयाँ संक्रमितको ५० प्रतिशतभन्दा धेरै रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १३१३ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित