ललितपुरका तीन नगरप्रमुखमा कोरोना पुष्टी, महानगर मेयर र गोदावरी, महालक्ष्मी नगरप्रमुखपत्नीसहित संक्रमित

Corona_Test

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि स्वाब दिएकोमा कोरोना पोजिटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेसनमा छन्। उनको परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने छ। शुक्रबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी पत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो।

हाल महर्जन दम्पती होम आइसोलेसनमा छन्। गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए। उनले भने, 'मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु।'

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी पत्नी दुवैमा यसअघि नै कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित