नीति तथा कार्यक्रम पास गर्न नदिने एमालेको रणनीति

 काठमाडौं । सरकार र संसदबारे एमालेले तीन रणनीति अघि सारेको छ । एमालेले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम पास गर्न अवरोध गर्ने तयारी गरेको छ । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लगायतका पाँचवटा माग पूरा नभएसम्म संसद् अवरुद्ध गर्दै नीति तथा कार्यक्रम पास गर्न नदिने एमाले रणनीति छ ।

निर्वाचन आचारसंहिताका कारण सरकारले नियमित बजेट ल्याउन नपाउने भन्दै एमालेले सुरुमा ३१ जेठको निर्वाचन मिति जेठको १०–११ मा सार्नुपर्ने अडान लिएको थियो । तर, सरकारले तोकिएको मितिमा निर्वाचन हुने आश्वस्त तुल्याएपछि उसले नयाँ कार्यक्रम समावेश गर्न नपाउने गरी १५ जेठमा कामचलाउ बजेट ल्याउन दिने सहमति दिने ।

 नीति तथा कार्यक्रम पास हुन नदिएर बजेट ल्याउन सरकारलाई नैतिक संकट खडा गरी सहमतिका लागि बाध्य तुल्याउने नीति एमालेको छ ।एमालेले नयाँ सरकार गठन प्रक्रियाका विषयमा सत्तारुढ दलले छलफलका लागि बोलाए सहभागी हुने तर आफ्ना पाँच मागलाई अडानका रुपमा राख्ने नीति लिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित