विश्वमा कोरोना तथ्यांकः संक्रमित संख्या ३ करोड ३० लाख बढी, मृतक १० लाख नजिक

world-corona

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा विश्वभर २ लाख ८८ हजार २ सय ९९ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० लाख ४० हजार ७ सय १६ जना पुगेका छन् । त्यस्तै ५ हजार १ सय ९२ जनाको मृत्यु भएसँगै हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ९८ हजार १ सय ७१ पुगेको छ ।

विश्वभर हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ४३ लाख ९४ हजार ४ सय ८४ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७२ लाख ८७ हजार ५ सय २१ जना संक्रमित पुगेका छन् भने २ लाख ९ हजार १ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ४५ लाख २४ हजार १ सय ८ जना कोरोना मुक्त भएका छन् ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको सूची ६० लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा ८८ हजार ९ सय ४२ जना संक्रमित देखिएसँगै हालसम्म भारतमा ५९ लाख ९० हजार ५ सय १३ जना संक्रमित देखिएका छन् भने ९४ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म ४७ लाख १८ हजार १ सय १५ जना संक्रमित देखिएका छन् भने १ लाख ४१ हजार ४ सय ४१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै संक्रमित सूचीमा चौथो स्थानमा रहेको रसियामा हालसम्म ११ लाख ४३ हजार ५ सय ७१ संक्रमित पुगेका छन् भने २० हजार २ सय २५ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको सूचीमा कोलम्बिया, पेरु, स्पेन, मेक्सिको, अर्जेन्टिना, र दक्षिण अफ्रिका क्रमशः पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।

त्यस्तै विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सूचीमा अमेरिका शीर्षस्थानमै रहेको छ भने त्यसपछि ब्राजिल, भारत, मेक्सिको, बेलायत क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् । त्यसपछि इटाली, पेरु, फ्रान्स, स्पेन र इरान क्रमशः छैठौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित