काठमाडाैं उपत्यकामा थप ८०९ जना संक्रमित, देशभर थप १० को मृत्यु

Corona_Test

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ८०९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार काठमाडौं जिल्लामा ६३३ भक्तपुरमा ७२ र ललितपुरमा १०४ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १५७३ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३१४ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घन्टामा १ महिला र ९ पुरूषासहित १० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित