टेलिकममा रणनीतिक साझेदार आउँदै

काठमाडौं । नेपाल टेलिकममा आगामी ६ महिनापछि रणनीतिक साझेदार आउने भएको छ । टेलिकमले यसअघि गत पुस पहिलो साता रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाका लागि परामर्शतादा नियुक्त गरेको थियो । टेलिकमले रणनीतिक साझेदारको परामर्शदाताका निम्ति छनोट गरेको बेलायती कम्पनी एनालाइसिस मसोन लिमिटेडले टेलिकमका लागि काजगपत्र तयार गरिहेको छ ।

 यो कम्पनीले आवश्यक कागजपत्र अध्ययन तथा मूल्यांकन गरिरहको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कम्पनीले ५२ हप्ताभित्र आवश्यक प्रक्रिया पूरा गर्ने गरी टेलिकमसँग सम्झौता गरेको थियो । सम्झौता गरेको ६ महिनामा धेरै प्रक्रिया अगाडि बढिसकेको छ ।टेलिकम सेवाको गुणस्तरीयता र प्रभावकारिता बढाउन ल्याउन लागिएको रणनीतिक साझेदारले दिएको सुझावसहितको प्रतिवेदनलाई आधिकारिक मानिनेछ । यो तयारीअनुसार अबको ६ महिनापछि टेलिकममा रणनीतिक साझेदार आउनेछ ।

 २०७० सालको असोजान टेलिकममा रणनीतिक साझेदार भित्र्याउन सरकारले अनुमति दिएको थियो । अनुमति दिएसँगै भएको विवादले समयमानै आवश्यक प्रक्रिया अगाडि बढ्न नसक्दा ढिलाइ भएको टेलिकमले जानकारी दिएको छ ।

 परामर्शदाताले टेलिकमको सम्पत्ति तथा दायित्वको मूल्यांकन, सेयर विनिवेस, आशयपत्रको व्यवस्था, टेलिकम कम्पनीले ल्याउने साझेदारका लागि राखिने विभिन्न सर्त तथा सिमासहितका विषयमा विस्तृत अध्ययनसहितको प्रतिवेदन तयार पार्नेछ ।

 सोही प्रतिवेदनलाई आधार बनाएर टेलिकमले रणनीतिक साझेदार खोज्नेछ ।

प्रतिक्रिया

सम्बन्धित