३४ वर्षपछि प्रहरी कब्जामा हत्याका अभियुक्त तामाङ

sindhu

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक लिशंखुपाखरका एक फरार अभियुक्त ३४ वर्षपछि पक्राउ परेका छन् । आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिशङ्खुपाखर गाँउपालिका–७ का फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए ।

फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठकर गरी सजाय तोकेको थियो ।

सजाय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित