देशभर थप १३५१ जना संक्रमित थपिए, ७४२ कोरोनामुक्त

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३५१ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ६६५ पुगेको छ।

देशभर पछिल्लो २४ घन्टामा देशभर १० हजार ८० जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । हालसम्म देशभर जम्मा ९ लाख ९८ हजार ४ सय ७ को पीसीआर गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ७४२ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित