आईपीएल २०२०ः सुपर ओभरमा मुम्बईविरुद्ध आरसिबीको जीत

 RCB

 

दुबई । आईपीएल २०२० को दशौँ खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले मुम्बइ इन्डियन्सविरुद्ध सुपर ओभरमा जित हासिल गरेको छ ।

टस हारेर ब्याटिङ गरेको रोयल बेंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । यसका लागि ३ खेलाडीले अर्धशतक बनाएका थिए ।

२०२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बइले ५ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । जसमा मुम्बइका किसनले ९९ रनको योगदान दिएका थिए । दुबै टीमले समान २०१ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो । सुरुको १० विकेटमा सुस्ताएको मुम्बइले १३ औँ ओभरपछि आक्रामक पारी खेलेको थियो ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बइले १ विकेटको क्षतिमा ६ बलमा मात्र ७ रन बनाउन सक्यो । जवाफमा बेंग्लोरले ११ रन बनायो । उसका लागि क्याप्टेन विराट कोहलीले सुपर ओभरमा १ चौकाको योगदान दिएका थिए ।

जारी आईपीएलमा बेंग्लोर र मुम्बइबीचको यो खेल दोस्रो सुपरओभर हो । यसअघि बेंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले जितेको थियो भने पन्जाबसँग ९७ रनले हारेको थियो । मुम्बइले पनि यसअघि कलकत्ता नाइटराइडर्सलाई ४९ रनले हराएको थियो भने चेन्‍नइ सुपरकिङ्ससँग ५ विकेटले हारेको थियो ।

जारी आईपीएलको शिर्ष स्थानमा दिल्ली क्यापिटल छ भने बेंग्लोर तेस्रो र मुम्बइ पाचौँ स्थानमा छन् । दुबईमा जारी आईपीएलको ११ औँ खेल मंगलबार दिल्ली क्यापिटल र सनराइजर्स हैदरबादबीच हुनेछ । सनराइजर्सले जारी सिजनमा हालसम्म एउटा खेल पनि जितेको छैन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित