देशभर थप १५५९ जना संक्रमित, थप ७ को मृत्यु

Corona_Update

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५५९ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ।

देशभर पछिल्लो २४ घन्टामा देशभर १२ हजार २ सय ५  जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । हालसम्म देशभर जम्मा १० लाख २१ हजार ५ सय ३ को पीसीआर गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १०५७ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर ७ जनाको मृत्यु भएसँगै हालसम्म ४९८ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित