विश्व तथ्यांकः एकैदिन ३ लाख १२ हजार बढी संक्रमित, ६ हजार १ सय भन्दा बढीको ज्यान गयो

world-corona

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमित हुनेको संख्या ३ करोड ४१ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख १२ हजार ४ सय ३३ नयाँ संक्रमित देखिएपछि विश्भर संक्रमित हुनेको संख्या ३ करोड ४१ लाख ४५ हजार ५ सय ५८ पुगेको हो ।

नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै भारतमा थपिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा ८६ हजार ७ सय ४८ नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा हालसम्म संक्रमितको संख्या ६३ लाख १० हजार २ सय ६७ पुगेको छ । संक्रमितको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० लाख १८ हजार १ सय ९३ पुगेका छन् । पछिल्लो २४ घन्टामा मात्र ६ हजार १ सय ८४ जनाले ज्यान गुमाएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या त्यति पुगेको हो ।

विश्वमै सबैभन्दा धेरै संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ७४ लाख ४७ हजार २ सय ७३ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ७ सय ३८ पुगेको छ ।

त्यस्तै भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९८ हजार ७ सय ८ पुगेको छ ।

भारत र अमेरिकापछि संक्रमितको सूचीमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ४८ लाख १३ हजार ५ सय ८६ रहेका छन् भने १ लाख ४३ हजार ९ सय ६२ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिल कोरोनाबाट ज्यान गुमाउनेको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

यी तीन मुलुकसहित विश्वमा संक्रमित हुनेको सूचीमा रसिया, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सिको र दक्षिण अफ्रिका क्रमशः चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।

हालसम्म विश्वमा कोरोनाबाट निको हुनेको संख्या २ करोड ५४ लाख १३ हजार ८ सय ९२ रहेको छ ।

ती मध्ये सबैभन्दा धेरै भारतमा रहेका छन् । भारतमा हालसम्म ५२ लाख ७० हजार ७ जना संक्रमण मुक्त भइसकेका छन् भने अमेरिकामा ४६ लाख ९३ हजार १ सय २६ जना निको भइसकेका छन् । त्यस्तै ब्राजिलमा ४१ लाख ८० हजार ३ सय ७६ जना कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित