मुख्य सचिवमा बैरागी नियुक्त ,खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूतमा सिफारिस

Yubraj Khatiwoda Ambass America
काठमाडौँ।
मन्त्रिपरिषद बैठकले नेपाल सरकारको मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागीलाई नियुक्त गरेको छ । आज बसेको बैठकले बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । त्यस्तै सरकारले प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ ।राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित