बैंकिङ कसूर मुद्दामा फरार रहेका व्यक्ति ठेंचोबाट पक्राउ

Police arrest
काठमाडौं ।

प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक व्यक्तिलाई ललितपुरको ठेंचोबाट पक्राउ गरेको छ। एक करोड ६५ लाख जरिवाना र तीन वर्ष कैद सजाय पाएका फरार रहेका ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१ साल मंसिर २१ गते तीन वर्ष कैद र एक करोड ६५ जरिवाना सजाय दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित