देशभर १९११ जना नयाँ संक्रमित थपिए, उपत्यकामा मात्रै ९४३ जना थपिए

Corona_Update


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९११ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ।

देशभर पछिल्लो २४ घन्टामा देशभर १२ हजार ४ सय ४४ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । हालसम्म देशभर जम्मा १० लाख ३३ हजार ९ सय ४७ को पीसीआर गरिएको छ ।

उपत्यकामा ९४३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ९६१ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित