कोरोनाबाट अर्जेन्टिनामा एकैदिन ३३ सयको मृत्यु, विश्वभर ८८४३ ले ज्यान गुमाए

arjentina

काठमाडौं । कोरोना संक्रमणका कारण अर्जेन्टिनामा एकैदिन ३ हजार भन्दा बढीको मृत्यु भएको छ । उक्त संख्या अहिलेसम्म एउटै देशमा एकैदिन ज्यान गुमाउनेको सबैभन्दा धेरै संख्या रहेको छ ।

पछिल्लो तथ्यांकअनुसार अर्जेन्टिनामा पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ५२ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार २ सय ८८ पुगेको छ ।

अर्जेन्टिनामा हालसम्म ७ लाख ६५ हजार २ जना संक्रमित देखिएका छन् ती मध्ये १४ हजार १ जना पछिल्लो २४ घन्टामा देखिएका नयाँ संक्रमित हुन् । हालसम्म अर्जेन्टिनामा ६ लाख ३ हजार १ सय ४० कोरोना मुक्त भइसकेका छन् ।

अर्जेन्टिनामा भएको यस मृत्यु सँगै पछिल्लो २४ घन्टामा विश्वभर ८ हजार ८ सय ४३ जनाको ज्यान गुएको छ । अर्जेन्टिनापछि भारतमा एकैदिन १ हजार ९६ जनाको मृत्यु भएको छ ।

यसअघि अमेरिकामा एकैदिन २ हजार ७ सय जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित