कोरोना भाइरसविरुद्धको खोप आए पनि जनजीवन सामान्य बन्य समय लाग्ने

Coronavirus-vaccine
काठमाडौं ।
कोरोना भाइरसविरुद्धको खोप आए पनि जनजीवन छिट्टै सामान्य नबन्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।

रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा खोप प्रयोगमा आउँदैमा महामारी अन्त्य नहुने उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अहिले २ सयभन्दा बढी खोप निर्माणको चरणमा छन्, जसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा छन् ।

तर, प पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी छ । खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उनीहरुको सुझाव छ । इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा। फिओना कलीका अनुसार महामारी अन्त्यका लागि खोपसँग ठूलो आश भए पनि खोप विकासका चरणमा विगतमा भएका धेरै असफलताहरु पनि बिर्सन मिल्दैन ।

संक्रमितको संख्या ३ करोड ४४ लाख नाघ्यो
विश्वभर कोरोना भाइरस ९कोभिड(१९०को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ४४ लाख नाघेको छ भने १० लाख २७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ४४ लाख ७८ हजार ९३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख २७ हजार ६३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ५६ लाख ६६ हजार ६२४ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित