काठमाडौँबाट नक्कली प्रहरी पक्राउ

Police arrest
काठमाडौं ।
नक्कली प्रहरी बनेर रकम असुल्न खोजेको आरोपमा काठमाडौँबाट एकजना पक्राउ परेका छन् । ओखलढुङ्गा लिखु गाउँपालिका–३ दामनाङटार घर भइ भक्तपुर नयाँठिमी बस्ने ३२ वर्षीय कुलबहादुर बस्नेतले आफु प्रहरी हुँ भन्दै काठमाडौँको नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोज्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस्नेतसहित ४ जनाले प्रहरी हुँ भन्दै गिट्टी बालुवा झारेको पैसा माग्नुका साथै धम्कीसमेत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित