सद्धार्थको आडमा जनताले बैंकले कर्मचारीलाई पेलेको आरोप
काठमाडौं । कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई कार्यकक्षमै बन्दी बनाएको घटनाले जनता बैंक नेपालमा लफडा बढेको छ । मंगलबार कर्मचारी यूनियनको नेतृत्वमा बैंकका सिईओ कुमार लम्साललाई कार्यकक्षमै घेराउ गर्दै कर्मचारीहरुले नराजुलुस गर्दा बैंकको नियमित काम प्रभावित भएको थियो ।
सोहि विषयलाई लिएर बैंकमा लफडा बढेको हो । कर्मचारी यूनियनका अनुसार सहमतिका नाममा माग सम्वोधन गर्नुका साटो आन्दोलनकारीलाई पेलेर जाने विषयमा लम्साल लागि परेका छन् । कर्मचारीहरु भने माग सम्वोधन नभए पूरै बोर्डलाई त्यहि बन्दी बनाएर राख्ने र ट्रेड यूनियन अधिकारको विरुद्ध एकजुट भएका मालिकहरुलाई घुँडा टेकाएरै छोड्ने अठोटमा छन् । मर्जरमा आउन लागेको सिद्धार्थ डेभलपमेण्ट बैंकले समेत कर्मचारीलाई पेल्ने जनता बैंकको बोर्डको सोचप्रति ग्रिन सिंगल देखाएपछि व्यवस्थापन पक्ष थप निरंकुश बन्न खोजेको हो ।
वित्तीय संस्थाहरुमा हुने यस्ता आन्दोलन र आन्तरिक समस्याको समाधान आपसी सहमतिमा नटुङ्ग्याउदा बैंकलाई दिर्घकालिन क्षति हुने विश्लेषकहरुको भनाई छ । जनता बैंकको व्यवस्थापनले सौहार्दपूर्ण वातावरणमा समाधान गर्न सकिने समस्यालाई गम्भिर बनाएर अझ बढी कुरा विगारेको छ ।
बैंकका सिईओ लम्सालले संचालक समिति समक्ष राजीनामा दिएको र्चचा कर्मचारी र सबै शाखाहरुमा व्याप्त छ । त्यसो त सिद्धार्थ डेभलपमेण्ट बैंकसँग हुन लागेको मर्जरमा अनियमितता भएपछि कर्मचारी यूनियनहरु आन्दोलनमा उत्रिएका हुन् । पद मिलान ठिक ढंगले नभएको र त्यसका विषयमा कर्मचारी र शेयरधनिलाई गुमराहमा राखिएपछि विवाद बढेको थियो । जनता बैंकको ब्यबस्थापन पक्ष चाहीं कर्मचारीलाई आफ्नै टिमका केही व्यक्तिले उचालेर आन्दोलनमा उतारेको भन्दै भ्रम सिर्जना गर्न लागेको पनि कर्मचारीहरुले आरोप लगाइरहेका छन् ।यूनाइटेड पोस्टमा खबर छ
प्रतिक्रिया