एकैदिन बाग्मती प्रदेशमा थप १८६१ जना संक्रमित, ६ जनाको मृत्यु

 

काठमाडौं । पछिल्लो २४ घन्टामा बाग्मती प्रदेशमा १८६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा देशभर २७२२ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म ८२४५० संक्रमित पुगेका छन् ।

पछिल्ला दिनमा काठमाडौं उपत्यकामा संक्रमित संख्या बढ्ने क्रम तीब्रगतिमा रहेको छ । देशभर देखिने संक्रमित संख्यामा करिब दुईतिहाई भन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा देखिएका छन् ।

काठमाडौंमा १२६० जना नयाँ संक्रमित देखिएसँगै पछिल्लो २४ घन्टामा बाग्मती प्रदेशमा १ हजार ८६१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ललितपुरमा १६२, भक्तपुरमा १९६, चितवनमा ८३, काभ्रेपलाञ्चोकमा १३, मकवानपुरमा ५५, धादिङ र काभ्रेमा २३/२३, नुवाकोटमा ११, दोलखामा २,  सिन्धुलीमा १३ र रामेछाप ३ र सिन्धुपाल्चोकमा १० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर ११ जना मृतक थपिएकामा बाग्मती प्रदेशमा मात्र ६ जना संक्रमितको मृत्यु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित