नेपाली बजारमा भित्रिए बगवार्डका एसयूभी

bugward-13
काठमाडौं ।
नेपाली बजारमा बगवार्डका एसयूभी भित्रिएका छन् । बगवार्डको आधिकारिक वितरकको रुपमा डीएसएम ग्लोबलले बगवार्ड बीएक्स ५ एसयूभी नेपाली बजारमा बिक्रिबितरणका लागि भित्र्याएको हो ।

४.४ मिटर लामो, १.८ मिटर चौडा र १।६ मिटर अग्लो यो फाइभ–सिटर १.४ लिटर र २.० लिटर गरी दुई वटा पावरट्रेन अप्सनमा उपलब्ध छ । १.४ लिटरको फोर सिलिन्डर टर्बो इन्जिनले ५,५०० आरपीएममा १५० पीएस पावर र ४,५०० आरपीएममा २५० एनएम टर्क उत्पादन गर्छ भने २.० लिटर टर्बो इन्जिनले ५,५०० आरपीएममा २२४ पीएस र ४,५०० आरपीएममा ३०० एनएम टर्क उत्पन्न गर्छ ।

करिब १ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको बगवार्डका एसयूभीको दुवै इन्जिनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी, २।० लिटर इन्जिन अल ह्विल ड्राइभमा उपलब्ध छ । यसमा एलईडी डीआरएलसहितका के अटोमेटिक हेलोजिन हेडल्याम्प, एलईडी टेललाइट, किलेस इन्जिन, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्ट, डुअलजोन एयर कन्डिसनिङ, ४।२ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले र क्र्युज कन्ट्रोल रहेका छन् ।

दुवै भेरियन्टमा ६ वटा एअरब्याग, भेइकल स्ट्याबिलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम र हिल डिसेन्ट कन्ट्रोल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित