बहराइनका राजकुमारसहितको टोलीले चढ्यो हिमाल

Bharain Prince

काठमाडौं ।
नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको गत भदौ ३१ गते काठमाडौं आएको समुहले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानाएको छ ।

। यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ । लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए । बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ । यो सिजनको पहिलो आरोहण हो ।

प्रतिक्रिया

सम्बन्धित