२०औं दिनमा डा केसीको अनशन : गम्भीर बन्दै स्वास्थ्य अवस्था
काठमाडौँ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको १९ औँ अनशनको आज २० दिन पूरा भएको छ । अनशन बसेको २० दिन पुग्दा प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । डा. केसीलाई छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको बताइएको छ ।
केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुनुको साथै मुटुको चालमासमेत समस्या आएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा। केसीको स्वास्थ्य गम्भीर बनेको छ । भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।
प्रतिक्रिया