प्रधानमन्त्री देउवा निर्वाचित,खगराज भट्टलाई फराकिलो अन्तरले हराए

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

डडेलधुराबाट निर्वाचित हुने क्रममा देउवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी खगराज भट्टलाई हराएका हुन् ।

देउवाले २८ हजार ४४ मत प्राप्त गरे । भट्टले २१ हजार १ सय १५ मत मात्र ल्याए ।

प्रदेश सभा क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण बहादुर मल्ल बामगठबन्धनका उम्मेदवार डा। तारा प्रसाद जोशी भन्दा ३५६ मत बढी ल्याई विजयी घोषित भएका छन् ।

मल्लले १३ हजार ४ सय १३ मत ल्याउँदा जोशीले १३ हजार ५७ मत ल्याए।प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा भने काँग्रेस पराजित भएको छ। एमालेका पठन सिंह बोहोरा विजयी हुँदा काँग्रेसका रघुवर भट्ट पराजित भए।भट्टले ११ हजार ३ सय ९४ मत ल्याए भने बोहोराले १३ हजार ५ सय ६३ मत ल्याए।

प्रतिक्रिया

सम्बन्धित