ओलीको भित्री योजना यसरी भत्कियो, प्रचण्ड राजनेता बन्न सफल

काठमाडौं । नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व दिने अन्तिम तयारी भइरहेका बेला उपाध्यक्ष बामदेव गौतमको ‘भुत’ देखाएर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धन भत्काउन झण्डै सफल भए ।

 तर, ओलीको भित्री कुरा बुझेका प्रचण्ड र देउवाले हतारमा कुनै निर्णय गरेनन् । बरु संयमित भएर ओलीका गतिविधिलाई बेवास्ता गरिदिए । प्रचण्ड र दाहालले आफूलाई खासै वास्ता नगरेपछि आगो बनेका ओलीले अन्तिम अस्त्रका रुपमा संसदको अबरोधलाई लिए । उनले लगातार दुई दिन सदन अबरोध गरे । प्रधानमन्त्रीलाई बोल्न पनि दिएनन् ।

 ओलीले रणनैतिक रुपमा प्रचण्ड र देउवालाई तर्साउन बामदेव गौतमको निवास ललितपुरमा स्थायी समितिको बैठक राखेर सत्ताको खेल सुरु गरेका थिए । ओलीले बामदेवलाई ‘बलिको बोको’ बनाउन सफल भए । तर, ओलीको योजना बुझेका बामदेवले तत्काल विज्ञप्ति जारी गरेर सत्ताको खेलामा आफू नरहेको स्पष्टीकरण दिन पुगेका थिए ।ओलीले सत्ताको नेतृत्व छ महिना प्रचण्डलाई दिएर आफू अनुकूल योजना बनाउने सबै सपना चकनाचुर भएको छ ।

 अहिले ओलीले फेरि प्रचण्ड र देउवाको गठबन्धन भत्काउन योजना बुनिरहेको एमालेका एक नेताले बताए । कथित राष्ट्रवादी छवि बनाएका ओलीले एमालेभित्र र देशमा मैले जे गरे पनि हुन्छ भन्ने मनोभाव हाबी भएको छ ।

 एमालेका आन्तरिक बैठकहरूमा पनि नेताहरूलाई गाली गर्ने, हाबी भएर बोल्ने, कांग्रेस र माओवादी केन्द्रलाई होच्याउने जस्ता कार्यको वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरूले खुलेर विरोध गर्ने गरेको स्रोतको भनाइ छ ।

 ओलीको नेपाल र खनालले विरोध थालेपछि एमालेभित्र विवाद पनि सुरु भएको छ । नेपाल र खनालले राजनीतिमा सहकर्मी दलहरूलाई जथाभावी गाली गर्न नहुने सुझाव ओलीलाई दिने गरेका छन् । आफ्नो राजनीतिक उचाइँ बढेको ठानेका ओलीलाई अभिव्यक्तिमा कुनै सुधार गरेका छैनन् ।आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा कांग्रेसलाई किन मत दिएको भनेर मतदाताहरूको अपमान हुने गरेर होच्याइ सकेका छन् । हुन त संविधानसभाको निर्वाचनमा आफ्नो गृह जिल्ला झापाका मतदाताहरूलाई घाँस खाने जनता भनेर अपमान गरिसकेका छन् । यो उनको अभिव्यक्तिको आलोचना भए पनि कहिल्यै माफी मागेनन् । प्रचण्ड बने राजनेता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो राजीनामा र देशवासीका नाममा आएको सन्देशमा कुनै पनि राजनीतिक दललाई गाली गरेनन् । उनले एकजना राजनेतामा देखाउने व्यक्तिगत गुण देखाएर सबैको प्रशंसा पाएका छन् । स्थानीय तहको निर्वाचनदेखि लोडसेडिङ अन्त्यका पक्षमा महत्वपूर्ण कार्य गरेर सफल प्रधानमन्त्रीका रुपमा प्रचण्डले आफ्नो नाम लेखाउन सफल भएका छन् ।त्यति मात्रै होइन प्रचण्डले सहमतिको संस्कारअनुसार कांग्रेसलाई सत्तागठबन्धनमा सहयोग गर्ने भनेर अर्को स¥हानीय राजनीतिक संस्कार देखाएका छन् । प्रचण्डको यो कुरा एमालेलाई फिटिक्कै चित्त बुझेको छैन । एमालेका सचिव योगेश भट्टराईले प्रचण्डको कटु आलोचना गरेर राजनीतिक असंहिष्णुता देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित