सर्वोच्चका न्यायाधीशमा कोरोना संक्रमण, न्यायाधीश शर्माको बाहेक सबै मुद्दा स्थगित

SC_Nepal

 

काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आइतबार सूचना जारी गर्दै केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको सूचनामा उल्लेख छ ।

अदालतद्वारा जारी सूचनामा कोरोनाका कारण सर्वोच्चको सेवा प्रभावित हुने पनि जनाइएको छ । त्यस्तै सर्वोच्च अदालतका मा. न्या. डा. मनोज कुमार शर्माको एकल इजलास बाहेक आइतबारका सबै इजलासका मुद्दा स्थगित भएका छन् ।

Image may contain: text

प्रतिक्रिया

सम्बन्धित