लागुऔषध अफिमसहित ५ जना पक्राउ

Drugs Rolpa1
रोल्पा ।
प्रहरीले रोल्पाको सुनिलस्मृतीबाट प्रतिबन्धित लागुऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ । रोल्पाको सुनिलस्मृती गाउँपालिका–२ खुङग्रीस्थित रोल्पा–भालुवाङ ९दाङ० सडक खण्डमा चेकजाँचका क्रममा ८ केजी अफिमसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पा जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेशराज सुवेदीका अनुसार दाङतर्फ जाँदै गरेको बा१५च ३७७६ नम्बरको स्कर्पियो गाडी चेकजाँच गर्ने ८ किलो अफिमसहित ५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुकुम भुमे गाउँपालिका ४ बस्ने ३७ वर्षीया कि ज्योती घर्ती, ३० वर्षीया निशा पुन, दाङ हारपुर गाउपालिकाका ४५ वषीय दिलप्रभा बुढा, सुर्खेत गुरवाकोट नगरपालिकाका ३३ वर्षीय मोतीलाल परियार र रोल्पा सुनछहारी गाउँपालिकाका ३५ वर्षीय याम बहादुर घर्तीमगर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित