साइबर अपराधमा पूर्वडिएसपी नै दोषी ठहर , ५० हजार जरीवाना

Ex-DSP
काठमाडौँ ।
नेपाल प्रहरीका पूर्वडिएसपी कृष्ण खड्कालाई जिल्ला अदालत काठमाडौँले साईबर अपराध मुद्दामा ५० हजार जरीवाना हुने फैसला गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेका हुन्।

विद्युतीय (ईलेक्टोनिक) कारोवार ऐन–०३३ को दफा ४७ ९१० विपरितको कसुर र सोही ऐनको दफा ४७ ९१० बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ ।

खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी भाइबुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएको उजुरीपछि महानगरीय अपराध महाशाखाले उनलाई २०७५ असोजमा पक्राउ गरेको थियो । उनी असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित