सूर्यविनायक नपा वडा नं. ८ का विभिन्न स्थानमा फ्रि-वाईफाई

120444974_1020164975071350_4728086420581991474_n

भक्तपुर । मुलुकमै नमूना नगरपालिकाको रुपमा अगाडि बढ्दै गरेको भक्तपुरको सूर्यविनायक वडा नं. ८ पूर्ण प्रविधियुक्त हुने तयारीमा रहेको छ ।

वडा न. ८ क्षेत्रका विभिन्न धार्मिक स्थल एवं सार्वजनिक स्थानहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यले वडा कार्यालयले अग्रसरता देखाएको छ ।

यसै क्रममा वर्ल्डलिंक र वडा कार्यालयको संयुक्त पहलमा वडाभित्रका विभिन्न स्थानहरुमा निःशुल्क रुपमा इन्टरनेट सुविधा (वाईफाई) सञ्चालनमा ल्याइएको छ । यसैक्रममा पहिलो चरणमा सूर्यबिनायक गणेश मन्दिर परिसरका साथै डोलेश्वर महादेव मन्दिर परिसरमा वाईफाई जोडिसकिएको छ ।

वाईफाई जोड्ने काम जारी रहेको बताउँदै वडाअध्यक्ष किरण थापाले यस वडालाई पूर्ण प्रविधिमैत्री बनाउने तयारीका साथ अभियान सुरु गरिएको बताए । उनले भने, ‘यस वडाका सार्वजनिक स्थलहरुमा वाईफाई सुविधा आवश्यक ठानी वडाको यस अभियानमा वर्ल्डलिंक जोडिएकोमा खुशी लागेको छ ।’ उनले वर्ल्डलिंकसँगको सहकार्यमा सहजकर्ताको भूमिका खेलिदिने स्थानीय पुष्पराज बस्नेतलाई पनि धन्यवाद दिए ।

समाज निर्माणका लागि वर्ल्डलिंकले पनि सामाजिक उत्तरदायीत्वको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्ति गर्दै नगर सदस्य तथा केदारनाथ शिर डोलेश्वोर महादेव संरक्षण तथा विकाश समितिका महासचिव धर्मराज बस्नेतले वडाको यस कार्यमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे ।

120867591_811115052985743_5906263682440460410_n120574785_430027031308252_2360757473066796058_n

 

प्रतिक्रिया

सम्बन्धित