मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

shankar-pokhrel
बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरिएको छ । आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग हुँदै फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट कडा सुरक्षाकाबीच बुटवलतर्फ आउँदै गर्दा उनी सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको पुष्टि गरे । ढुंगामुढा गर्दा स्कर्टिङसहितको गाडीको सिसा फुटेको जनाइएको छ । ढुंगामुढा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

प्रहरीले ढुंगामुढा प्रहार गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको जनाएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य संघसंस्थाले विरोध प्रदर्शन गरिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित