नाका खुलेको पहिलो दिन तातोपानीबाट भित्रिए ११ कन्टेनर

tatopani

सिन्धुपाल्चोक । नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आइतबारदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले  चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए । ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित