प्रकाश सपुतकी ‘माइली’बनेपछि केकी...

Keki

 

काठमाडौं । अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुत अभिनित भिडियो सार्वजनिक भएको छ । गायिका अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको स्वर ‘ए माइली’बोलको गीतको भिडियो केकी र प्रकाशले रोमान्स गरेका छन् । भिडियोमा यो मायालुबिचको माया र प्रेमलाई समेटिएको छ ।

सार्वजनिक गीतमा रमेश परियारको शब्द तथा लयसिर्जना गीतमा रहेको छ । आफ्नी मायालुलाई भुल्न नसक्ने कुरालाई गीतमा गीतकारले ब्यक्त गरेका छन् । कृष्ण विश्वकर्माको एरेन्ज तथा खड्ग बाजुरालीको मिक्सिङ रहेको गीतको भिडियोलाई डान्स फ्लेवरमा बनाइएको छ ।

सुशील डा“गीको छाया“कन, निरञ्जन केसीको सम्पादन तथा पछिल्लो समयमा चर्चाको शिखरमा रहेका अर्जुन थापाको निर्देशन रहेको भिडियोमा बालकलाकारको रुपमा अनुरोध थापा र विक्रम शाहीको पनि अभिनय रहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित