बौंदीकालीमा थप ६ जनामा कोरोना पुष्टी, प्रहरी, शिक्षक र बैंकका कर्मचारीमा कोरोना संक्रमण

baudka_ 

नवलपुर । नवलपुर जिल्लाको बौंदीकाली गाउँपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बौंदीकाली गाउँपालिकाका अनुसार वडा नं. १ मिथुकरमका एक जना पुरुष, वडा नं. २ डेढगाउँका ३ जना पुरुष, वडा नं. ३ रकुवाका १ जना पुरुष र वडा नं. ६ बोबोकका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यससँगै गाउँपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या ४७ जना पुगेको पनि जनाइएको छ । त्यस्तै हालसम्म ३९ जना कोरोनामुक्त भइसकेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।

सुवेदीका अनुसार संक्रमितमध्ये ३ जना भारतबाट नेपाल आई गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमितमध्ये १ जना बैंकका कर्मचारी, १ जना प्रहरी र एक जना शिक्षक रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित