ललितपुर महानगरपालिकाको मेयर र उपमेयर कांग्रेसको कब्जामा

ललितपुर । ललितपुर महानगरपालिकाको मेयर र उपमेयर जितेर नेपाली काँग्रेसले जित हासिल गरी महानगरपालिकामा खाता खोलेको छ । नेपाली काँग्रेसका चिरीबाबु महर्जन मेयरमा विजयी भएका हुन् ।

 मंगलबार मध्यराति आएको मतपरिणाम अनुसार, निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यन्जनकार ३६५ मतले पराजित भएका छन् । राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४ हजार ६६६ मत पाए । उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३०१ मत ल्याए । उपमेयरमा पनि काँग्रेसकै गीता सत्याल विजयी भएकी छिन् । कांग्रेसकी सत्यालले १९ हजार २३६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्।

प्रतिक्रिया

सम्बन्धित