ललितपुर महानगरपालिकाका प्रमुख महर्जन कोरोनामुक्त

Chiribabu

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा महर्जनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।

त्यसपछि बुधबार गरिएको परिक्षणमा उनको कोरोना परिक्षण नेगेटिभ आएको स्वकीय सचिव इन्द्र वज्राचार्यले बताए । उनले भने, ‘आज दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।”

मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित