सरकार र डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै

kc

काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीच आज (बिहीबार) साँझ वार्ता हुने भएको छ । औपचारिक वार्ताका लागि दुवै पक्षले बुधबार वार्ता टोलीको गठन गरेका थिए । सरकारी र डा. केसीको वार्ता टोलीबीच अपराहृन ४ बजे वार्ता गर्ने तय भएको छ ।

डा. केसी अनसन बसेको २४ औं दिन बुधबार सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

त्यस्तै सरकारले वार्ता टोली घोषणा गरेको केही घण्टापछि डा. केसीका तर्फबाट पनि वार्ता टोली बनेको छ । डा. जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

नेपाल चिकित्सक संघले आज (बिहीबार) २ घण्टा र भोली (शुक्रबार) दिनभर आकस्मिक र कोभिड उपचारबाहेक सबै सेवा बन्द गर्ने गरी दबावमूलक आन्दोलन घोषणा गरेपछि सरकार दबावमा परेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित