देशभर थप १२ जनाको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालभर थप १२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको हो । पछिल्लो २४ घन्टामा देशभर ४ महिला र ८ पुरूषको मृत्यु भएको छ ।

ती मध्ये काठमाडाैं उपत्यकामा मात्र ५ जनाकाे मृत्यु भएको छ । 

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ४३६४ जना  नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित