प्रधानमन्त्री सल्लाहकार रिजाल संक्रमणमुक्तः
संक्रमणको दोस्रो दिन पत्रकार पाण्डेको बधाइ फोन !

bishnu

काठमाडौं । प्रधानमन्त्री सल्लाहकार विष्णु रिजालको संक्रमणमुक्त भएको बताएका छन् ।

बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताउँदै एक स्टाटस लेखेका छन् । उनले संक्रमणका क्रममा आफुले प्रयोग गरेका औषधीहरुको पनि विवरण राखी सबैलाई कोरोनाबाट बच्न अनुरोध गरेका छन् ।


रिजालको फेसबुक स्टाटस जस्ताको तस्तैः

मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो

सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार !

कोरोनाको अनुभव व्यक्तिव्यक्तिमा फरकफरक छ । कोही लक्षण सहितको संक्रमित हुनुहुन्छ । उहाँहरुको अनुभवले भन्छयसले पीडा दिन्छ, गाल्छ । ज्यानै गए अन्तिम अवस्थामा आफन्तहरुले मुख समेत हेर्न पाउँदैनन् । कोही लक्षण बिनाको संक्रमित हुनुहुन्छ । हप्ता/दश दिनमा भाइरस मुक्त ! उहाँहरुको अनुभवमा कोरोना त केही नै हैन रहेछ ! पानी/सानी खायोखलास् !!!

म पनि कोरोना संक्रमित भएँ । सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँ? केबल अन्दाजै मात्र छ । लक्षण बिनाको संक्रमितपहिलो दिन अलिअलि चिन्ता लाग्यो । आफ्नो भन्दा पनि आफ्नो परिबारका सदस्यको । संवेदनशील स्थान भएकोले, आफूले काम गर्ने ठाँउको र होम आइसोलेशनमा रहेकोले छरछिमेकको ...। मनमा आयोअब के होला, अरुहरुले के सोचि रहेका होलान्? कसैलाई केही भइ हाले म कति दोषि ठहरिउँला? आदि ।

सिङ्गो अबधि भरी केही पनि अप्ठ्यारो महसूस नगरी मैले आइसोलेशनको अबधि आज पार गरें । दोश्रो चोटीको पिसिआर परिक्षणबाट परिणाम नेगेटिभआयो । खुशी लाग्यो, म कोरोना मुक्त भएँ ।

मेरो अनुभवले भन्छकोरोना केही होइन भन्नु अतिरञ्जना हो । र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो । तरीका पु-याउँदा यो महामारीको असर अति न्यून हुन्छ । लापर्बाहिमा ज्यानै जान्छ । त्यसैले यस महामारीले पहिलो कुरा, अनुशासनको माग गर्छ । दोश्रो, संक्रमितको उच्च मनोवल र तेश्रो धैर्यताको माग गर्छ ।

यस्तो बेलामा आउने सल्लाह/सुझावहरु पनि रंगिविरङ्गी हुन्छन् । मन आत्तिएको बेला आएजति सबै सल्लाह पालन गर्छु, भने जति सबैथोक खान्छु भन्नेतिर लागियो भने भद्रगोलमा परिन्छ । त्यसैले, चिकित्सकीय वा अन्य कुनै पनि सल्लाह, जसमाथि बढी विश्वास छ, उसैको सुझाव फलो गर्नुहोस् । खालखालको सुझावको पछि नलाग्नुस् । मेरो विचारमा, विश्वासअप्ठ्यारोबाट पार पाउन महत्वपूर्ण आधार हो ।

मैले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाउनु भएको आयुर्वेदिक औषधि प्रयोग गरें । जनस्वास्थ्य विज्ञ डा. रबीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ । हामी खिसिट्युरी गर्न मज्जा मान्छौं । तर पत्याउनु हुन्छ? मैले त त्यही बेसार, कागती, गुर्जो, अदुवा सहितको पानी प्रसस्त पिएँ । राष्ट्रका अति सम्मानित व्यक्तित्वदेखि विभिन्न तह र तप्काका मलाई माया गर्नुहुने आदरणीय शुभेच्छुकहरुले छिट्टै निकोहुनदिनुभएको शुभकामनालाई आड भरोसाको रुपमा लिएँ ।

म मा अरु रोग केही थिएन । दुई चिकित्सकहरुले सुझाउनु भएको उपायले मज्जाले काम ग-यो ।

एउटा रमाइलो गरौं? संक्रमणको दोश्रो दिन लेखक/पत्रकार विजय कुमारले फोन गरेर भन्नु भयोबधाई ब्रदर । मैले सोधेंकुन खुशीमा? उहाँले भन्नु भयो२/४ दिनमा तपाई ठीक हुनुहुनेछ । त्यसपछि अरु असंक्रमितहरु भ्याक्सिन खोज्दै यताउता भौंतारिने छन् । तपाई आफ्नै शरीरमा पैदाभएको एण्टीबडीको बलमा ४/६ महीना शानसंग काम गर्न पाउनु हुनेछ । अहिले आराम गर्ने, मेरो किताबसम्बन्धहरु, पढ्ने ब्रो । मन चङ्गा भयोकोरोना सल्केर निको भएपछि त काइदाको फाइदा पो हुने रहेछ ।

लक्षण युक्त होस् या लक्षण बिहिन, कोरोन मुक्त भएपछि के के नै लडाईँ जिते जस्तो अनुभूति हुँदो रहेछ । यस्तो बेलामा सतर्क हुनुपर्ने केही कुरा छन् । जस्तो कि निको हुनेले फुर्तिफार्ती गर्दै मलाई त केही नै भएन, ह्या केही हुँदो रहेनछ, कोरोना न सोरोना ... जस्ता हल्का टिप्पणी नगर्नुस् । केही नै नहुने त किन हुन्थ्यो र? कम्तिमा पनि अलि कमजोरी त फिल हुन्छ हुन्छ । महामारीको संक्रमणलाई सामान्यकृत गर्दा अनुशासन भत्किन्छ र त्यसले अनपेक्षित दुस्परिणाम निम्त्याउँछ भन्ने हामी कसैले पनि भुल्न हुँदैन ।

आज आफू कोरोनामुक्त हुँदा देशभरका सबै सक्रिय संक्रमित दाजुभाइ दिदीबहिनीहरुलाई मेरा यी अनुभव भन्न चाहन्छु । र, उहाँहरु सबैको शीघ स्वास्थ्यलाभको कामना गर्दछु । जो जसले यसअघि नै कोरोना बिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई भन्न चाहन्छु । जसलाई पापी कोरोनाले जित्न दिएन, उहाँहरुप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु । शीघ्र स्वास्थ्यलाभको शुभेच्छा सहित, परिबारका सदस्य झैं मेरो स्वास्थ्यप्रति चिन्तित हुनुहुने सबै आदरणीयहरुमा बिनम्र आभार व्यक्त गर्दछु ।

म त यस महामारीबाट हाललाई उम्किएँ, तर महामारी अझै फैलिँदो अवस्थामा छ ।

आग्रह गर्न चाहन्छुसतर्क होऔं, अनुशासित बनौं ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुझाव पालना गरौं ।

कोरानाबाट आफू बचौं र अरुलाई पनि बचाऔं । 

प्रतिक्रिया

सम्बन्धित